Tuesday, December 10, 2024
घरप्रतापपुरकार्यसम्पादनमा बर्दघाट पहिलो र प्रतापपुर अन्तिम

कार्यसम्पादनमा बर्दघाट पहिलो र प्रतापपुर अन्तिम

- Advertisement -spot_img

परासी, फागुन १० । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका कार्यसम्पादनमा पहिलो स्थान प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दघाट नगरपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बर्दघाटले ४२ दशमलव ७४ अंक प्राप्त गरेको हो । यस्तै जिल्लाको सात स्थानीय तह मध्येसबै भन्दा कम अंक प्राप्त गर्दै प्रतापपुर गाउँपालिका अन्तिम स्थानमा रहेको छ । प्रतापपुरले जम्मा १८.३६ अंक प्राप्त गरि कमजोर देखिएको छ । यसैगरी ३६ दशमलव ८८ अंक प्राप्त गरी रामग्राम नगरपालिका दोस्रो, ३४ दशमलव ६४ अंक प्राप्त गरि सुनवल नगरपालिका तेस्रो भएको छ । सुस्ताले २८.४०, पाल्हीनन्दनले २३.०८ र सरावलले २०.१६ अंक प्राप्त गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मुल्याङ्कन सार्वजनिक गरेको छ ।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्दे आएको छ । कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्