Tuesday, October 8, 2024
घरसमाचारकार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो

कार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो

- Advertisement -spot_img

गुल्मी, असोज १८ गते । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा देशभरमा नै पहिलो बनेको छ । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०७९–०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा प्रशासन कार्यालय गुल्मी पहिलो बनेको हो ।

कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ९६.४४ अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी देशभरिमा पहिलो बनेको हो । विभिन्न सूचकहरूको आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिएको बताइएको छ । जसमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा २९ अंक भारमा २९ नम्बर प्राप्त गरेको छ । शासकीय प्रबन्धमा ४४ अंकभारमा ४१.२ नम्बर प्राप्त गरेको छ । लागु औषध नियन्त्रणमा ५ अंकारमा ५ नम्बर प्राप्त गरेको छ ।

त्यस्तै, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा १० अंकारमा १० नम्बर प्राप्त गरेको छ । मुआब्जा वितरण तथा विकास सहरीकरणमा ७ अंकारमा ७ नम्बर प्राप्त गरेको छ । मन्त्रालय मूल्याङ्कनमा ५ अंकारमा ४.२४ नम्बर प्राप्त गरेको छ । आर्थिक वर्ष २०७८र०७९ मा कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा गुल्मी जिल्ला प्रशासन कार्यालय देश भरी नै पहिलो बनेको थियो । आजको गोरखापत्रमा छ

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्