Sunday, January 19, 2025
घरस्थानीयकार्की परिवारद्धारा १ लाख ११ हजारको अक्षय कोष स्थापना

कार्की परिवारद्धारा १ लाख ११ हजारको अक्षय कोष स्थापना

- Advertisement -spot_img

परासी, वैशाख १९ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय कृष्णबहादुर कार्की र उहाँकी धर्मपत्नी स्वर्गीय पवित्रा कार्कीको स्मृतिमा कार्की परिवारद्धारा अक्षय कोष स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघमा स्थापना गरिएको अक्षय कोषको राशी १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । महासंघ जिल्ला शाखाको १४ औं अधिवेशन एंव २४ औं साधारण सभामा कार्कीका जेष्ठ छोरा नारायण कार्कीले आफ्ना बुबाले नवलपरासी क्षेत्रको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई सधैंव सम्झना गर्ने उद्देश्यले परिवारबाट अक्षय कोष स्थापना गरिएको बताउनु भएको छ । उक्त अक्षय कोषलाई व्रmमशः बढाउँदै लगिने कार्की परिवारले जनाएको छ । २०४५ सालदेखि दैनिक लुम्बिनीमा आवद्ध रहेका कार्की ७३ वर्षको उमेरसम्म पनि पत्रकारिता पेशामा क्रियायाशिल रहँदै आउनु भएको थियो । परासी निवासी कार्कीको ७३ वर्षको उमेरमा २०६८ माघ १३ गते निधन भएको थियो । उहाँको नाममा स्थापना गरिएको अक्षय कोषबाट आउने ब्याजबाट जिल्लामा व्रिmयाशिल पत्रकारहरुलाई सम्मान एंव पुरस्कृत गरिने महासंघ जिल्ला शाखाका अध्यक्ष हरि शर्माले बताउनु भएको छ । महासंघ जिल्ला समितिको हरेक कार्यकालमा हुने दुई वटा साधारण सभामा १÷१ जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उहाँले भन्नु भयो ।

यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा नवलपरासीकी पहिलो महिला पत्रकार शान्ता भण्डारीले १६ हजार १ सय रुपैयाँ प्रदान गर्नु भएको छ । नवलपरासीको पहिलो महिला पत्रकारको रुपमा चिनिनुभएकी भण्डारी लामो समय सम्म पत्रकारितामै रहनु भएको थियो । श्रमजिवी पत्रकारहरुको हौसला प्रदान गर्नका लागि आफूले उक्त कोषमा रकम सहयोग गरेको भण्डारीले बताउनु भयो ।

महासंघ जिल्ला शाखाले पत्रकारहरुको उपचारलगायत विपद्को समयमा आर्थिक समस्या भएका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरेको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्