Thursday, December 5, 2024
घरराजनीतिकाम चुस्त बनाउन सरकार द्धारा समिति गठन

काम चुस्त बनाउन सरकार द्धारा समिति गठन

- Advertisement -spot_img

काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषदको पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको हो । बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र बिष्णुप्रसाद पौडेललाई महत्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेललाई संयोजक तोकेको छ ।

यस्तै, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी तोकिएको छ ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का उपमहासचिव बिष्णु रिमाल र आर्थिक सल्लहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । Gorkhpatra Online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्