परासी, १६ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले उँखु काट्ने हार्भेस्टर किन्ने भएको छ ।
पछिल्लो समय काम गर्ने जनशक्तिहरु विदेश पलायन भएपछि काम गर्ने कामदार (मजदुर) पाउनै छाडेका छन् । त्यसैले प्रतापपुर गाउँपालिकाले प्रविधिको विकास संगै उँखुलाई काट्नको लागि उँखु काट्ने (हार्भेस्टर) मेसिन किन्न लागेको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेचन्द्र यादवले बताए ।
पश्चिम नवलपरासीको गण्डक कमाण्ड क्षेत्रमा रहेको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका उँखुको पकेट क्षेत्र हो । यस क्षेत्रमा किसानको मुख्य बालि उँखु नै रहेको छ । तर केहि वर्ष यता कामदार (मजदुर) हरु पाउन अभाव भएपछि उक्त मेसिन किन्न लागेको गाउँपालिका अध्यक्ष यादवले भने । हार्भेस्टर मेसिनले उखु काट्दा किसानको ५० प्रतिशत भन्दा बढी रकम बचत हुने अनुमान छ । उँखु किसानले तत्कालको समयमा छिल्ने, काट्ने सहित मजदुरलाई प्रति क्विन्टल एक सय रुपैयाँदिदैं आएका छन् । मेशिनबाट काट्दा बढीमा ४० देखि ५० रुपैयाँप्रति क्विन्टल लागत पर्ने गाउँपालिका अध्यक्ष यादवले भने । मेशिनले उखु र पातलाई छुट्टाएर काट्छ र टुक्र टुक्र बनाउछ जुन किसानले आप्mनो ट्याक्टरमा सिधै राखेर चिनि उद्योग सम्म पु¥याउने छन् । ‘उपकरणमा लाग्ने इन्धन, मर्मत र अन्यखर्च जोड्दा बढीमा प्रति क्विन्टल ५० रुपैयाँ लाग्ने छ । सोही रकम किसानबाट लिएर गाउँपालिका मेशिन आँफै सञ्चालनको अध्यक्ष यादवले बताए ।
उँखु किसानको लागि सहज बनाउनको लागि किन्न लागेको मेसिन करिब दुई करोड सम्म पर्ने अध्यक्ष यादवको भनाई छ । भारतमा उक्त मेसिनको मुल्य एक करोड भन्दा बढि भएपनि नेपला ल्याउँदा सम्म दुई करोड सम्म भेट्ने अध्यक्ष यादवको भनाई छ । कृषि प्रयोजनको लागि भारत बाट ल्याउने मेसिनमाहरुमा एक प्रतिशत मात्रै कर लाग्ने भएपछि केहि लगानी कम हुने उनले भने । मेशिन खरिद गर्नका लागि संघीय सरकारबाट ७५ लाख र प्रदेश सरकारबाट ४५ लाख आईसकेको छ । गाउँपालिका अध्यक्ष यादव भने “यदि मेसिन किन्नको लागि पैसा पुगेन भने गाउँपालिका ले नै व्यहोर्ने छ ।” चालु वर्षको उखु क्रसिङ्ग समय (मंसिर) भित्र उक्त मेशिन ल्याई सकिने यादवको भनाई छ । मेसिन खरिद गर्नु पूर्व सब भन्दा पहिला अवलेकन तथा जानकारि लिनका लागि गाउँपालिका टोलि यहि महिनाको अन्तिम सम्म भारतको महाराष्ट्रमा जाने भएको छ । हार्भेस्टर मसिन चलाउनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति ‘केही महिनाका लागि कम्पनीले नै उपलब्ध गराउने छ र पछि यहीकै जनशक्ति उत्पादन गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले भने ।
जिल्लामा अहिले १२ हजार बिघामा कुल २० लाख क्विन्टल उखु उत्पादन हुँदै आएको उखु उत्पादक कृषक समितिले बताएको छ । २०६४ सालमा जिल्लामा कुल ३२ लाख क्विन्टल उखु उत्पादनहुँदै आएको थियो । तर पछिल्लो पटक मजदुरको अभवा र उद्योगबाट हुने भुक्तानीमा समस्या कारणले केहि उखु किसानहरु केरा खेतिमा अकार्षित भएका छन् । पश्चिम नवलपरासीमा तीन ठूला चिनी उद्योग सञ्चालनमा छन् ।