Sunday, March 16, 2025
घरखेलकूदकांस्य विजेता महिला कबड्डी टिमको खुशी (तस्वीरहरू)

कांस्य विजेता महिला कबड्डी टिमको खुशी (तस्वीरहरू)

- Advertisement -

हान्झाउ, असोज २० । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदमा सकिन लाग्दा नेपालले अहिलेसम्म जम्मा एक कास्य पदक जितेको छ ।

पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले नेपाललाई कांस्य पदक दिलाएको हो । नेपाली टोलीलाई शनिवार पदक प्रदान गरिएको छ ।

भारत र चाइनिज ताइपेइबीचको फाइनल खेलपछि पदक वितरण समारोह आयोजना भएको थियो । फाइनलमा चाइनिज ताइपेइलाई रोमाञ्चक खेलमा २६-२५ ले हराउँदै भारतले स्वर्ण जित्यो । चाइनिज ताइपेइले रजत प्राप्त गर्दा सेमिफाइनलम पराजित नेपाल र इरानले कास्य पदक प्राप्त गरे ।

कबड्डीमा सेमिफाइनल पुगेको टिमले पदक पाउने प्रावधान रहेकोले नेपालले समिफाइनल प्रवेश गर्ने बित्तिकै पदक पक्का गरिसकेको थियो । सेमिफाइनलमा भारतसँग ६१-१७ ले पराजित भएपछि भने नेपाल कांस्यमै सिमित भएको हो ।

हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा पदक वितरण हुँदा नेपाली टोली खुशी थिए ।

पदकको आशा गरिएका मार्सल आर्ट्सका खेलहरुमा निशा बनेको नेपालका लागि ‘अन्य खेल’ का रुपमा समावेश गरिएको महिला कबड्डी टिमले पदक जितेर पदक विहिन हुनबाट जोगाएको थियो ।

सुरुमा कबड्डीबाट पदक जित्ने कसैले नसोचेको कबड्डीले अन्तिममा नेपाललाई पदक तालिकामा समावेश गरायो ।

पहिलो पटक एसियाडमा सहभागि भएको महिला कबड्डी टोलीले पहिलो खेलमै बंगलादेशलाई ३७-२४ ले पराजित गर्दै पदकको नजिक पुगिसकेको थियो । दोस्रो खेलमा इरानसँग पराजित भए पनि अर्को खेलमा इरानले बंगलादेशलाई हराएपछि नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । onlinekhabar

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्