Thursday, December 5, 2024
घरराजनीतिकांग्रेस–एमालेले मिलेर बहुदलीय व्यवस्था समाप्त पार्न खोजेका छन् : लिङ्देन

कांग्रेस–एमालेले मिलेर बहुदलीय व्यवस्था समाप्त पार्न खोजेका छन् : लिङ्देन

- Advertisement -spot_img

काठमाडौं, साउन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमालेले बहुदलीय व्यवस्था समाप्त पार्न खोजेको आरोप लगाउनु भएकाे छ ।

बिहीबार काठमाडौंमा सुरु भएको पार्टीका जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेस एमालेले मुलुकलाई दुई दलीय व्यवस्थामा लैजान खोजेको टिप्पणी गर्नुभएकाे छ।

‘००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो, २०४६ सालको पनि हामीले गरेका हौं र ०६२/६३ को पनि हामीले गरेका हौं भनेर डंगा पिट्ने र हामी विना आन्दोलन, परिवर्तन सम्भव थिएन भन्ने कांग्रेस–कम्युनिस्ट पार्टीहरुबाटै प्रजातन्त्र, बहुदलीय व्यवस्था र समानुपातिक समावेशीता धरापमा परेको छ’, लिङ्देनले भन्नुभयाे ।

कांग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्था स्थापना गर्ने कुरा बोल्न थालेको भन्दै उहाँले यो चिन्ताको विषय भएको बताउनु भयाे। ‘अरु दलहरु, नागरिक समाज सबैले यत्रो खबरदारी गर्दा त कांग्रेस– एमालेको यो प्रकारको बिगबिगी छ, कांग्रेस–एमाले मात्र भयो भने यो देश कस्तो हुन्छ होला ?’, उहाँले प्रश्न गर्नुभएकाे छ ।

अध्यक्ष लिङ्देनले अधिनायकवादी सर्वसत्तावादी सोचको विरुद्धमा उभिने जिम्मेवारी राप्रपाको काँधधमा आएको बताउनु भएकाे छ । जिल्ला अध्यक्षको भेलामा पार्टीको विषयमा खुला छलफल गर्न पनि अध्यक्ष लिङ्देनले आग्रह गर्नुभयाे । ‘केन्द्रीय अध्यक्षको कमजोरी देखिन्छ भने पनि खुलेर आलोचना गरौं, अरुको देखिन्छ भने पनि आलोचना गरौं’,। स्राेतः अनलाइनखबर

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्