Friday, December 6, 2024
घरमनोरञ्जन‘कसौटी जिन्दगी कि’ अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप

‘कसौटी जिन्दगी कि’ अभिनेता शीजानमाथि घरेलु हिंसाको आरोप

- Advertisement -spot_img

मुम्बई, ५ असार। एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि  घरेलु हिंसाकाे आरोप लागेकाे छ ।उनी माथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन् ।

मुम्बई। एक समयको चर्चित भारतीय टेलिफिल्म ‘कसौटी जिन्दगी कि’ फेम्ड अभिनेता शीजान खानमाथि  घरेलु हिंसाकाे आरोप लागेकाे छ ।उनी माथी अमेरिकामा बस्ने आयशा पिरानी नामकी महिलाले घरेलू हिंसा र जबरजस्ती पैसा असुलीको आरोप लगाएकी हुन् ।

ती महिलाले आफू शीजानको पत्नी भएको भन्दै अभिनेताविरुद्ध एफआईआर दर्ता गराएकी छन् । आयशाले आफूलाई शीजानले हातपात पनि गरेको दाबी गरेकी छन् ।

‘उसले मलाई कोठामा बन्द गर्थ्याे र स्काइपमा अन्य युवतीहरुसँग फ्लर्ट गथ्र्यो । उसले मलाई तिमीसँग विवाह गरें, तिमीलाई आफ्नो जीवन दिन सकिनँ भन्थ्यो । यो उसको नियम संवाद थियो । मैले फलफूल ल्याउन बिर्सदा उसले मलाई यस्ता शब्द प्रयोग गर्थ्याे कि अहिले म त्यो भन्न सक्दिनँ’, उनले भनेकी छन् ।

आयशाको दाबी अनुसार शीजानले सन् २०१५ मा उनीसँग विवाह गरेका थिए । तर अभिनेताले उनलाई विवाह गरेको कुरालाई लुकाई राख्न भनेका थिए । त्यसको केही समयपछि शीजानले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न लगाएका थिए । ‘म एक मुस्लिम महिला हुँ र मुस्लिम कानून अनुसार म अहिले पनि विवाहित छु । मैले उसलाई खर्च गरेको पैसा म असुल्न चाहन्छु । उसको कारण म मानसिक रुपमा जे भोगिरहेको छु, मलाई त्यसको मुआब्जा चाहिएको छ । म विवाह गर्न चाहन्छु र कानूनी रुपमा मुस्लिम कानून अनुसार ‘खुलानामा’ चाहन्छु’, आयशाले भनेकी छन् ।

आयशाले गत ७ जूनमा अभिनेतामाथि एफआईआर दर्ता गराएकी थिइन् । उनले शीजानले ग्रीन कार्ड पाउनका लागि आफूलाई उपयोग गरेको आरोप लगाएकी छन् । उनले खानसँग ८ लाख रुपैंयाँ मुआब्जा मागेकी छन् ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्