Wednesday, October 9, 2024
घरपर्यटनकलाकार अरनिकाेको स्मृति दिवसमा ढुङ्गे कलाकार्यशाला

कलाकार अरनिकाेको स्मृति दिवसमा ढुङ्गे कलाकार्यशाला

- Advertisement -spot_img

परासी, पुष २३ । कलाकार अरनिकोको स्मृति दिवसको अवसरमा ढुङ्गे कला कार्यशाला (स्टोन आर्ट वर्कशप) द्धारा ट्रफिक सचेतना दिईएको छ ।अरनिकोको २९औं स्मृति दिवसको अवसर पारेर परासीमा आयोजित ढुङ्गे कला कार्यशाला (स्टोन आर्ट वर्कशप) गरेर ट्राफिक सचेतना सन्देश दिने कार्य भएको छ ।

पश्चिम नवलपरासीको परासी स्थित परासी क्याम्पसमा सोमवार स्मृति दिवस मनाउँदै गरेका चित्रकार कलाकारहरु ढुङ्गामा विभिन्न ट्राफिक सचेतनामुलक चित्रहरु कोरेर सन्देश दिएका छन् । उनिहरुले सधैं मनाउँदै आएको दिवसलाई फरक ढङ्गबाट मनाउनका लागि ढुङ्गामा ट्राफिक चिन्हहरु कोरेर बजारमा राख्ने र आमनागरीकलाई ट्राफिकको नियम पाल्ना गर्नकाल लागि सन्देश दिने बताएका छन् । यस भन्दा पहिला स्मृति दिवस बनाउनका लागि विभिन्न बनभोज तथा रमाईलो गरी मनाउने गरिए तापनि सोमवार एक कार्यक्रम गर्दै चित्रकारहरु सन्देशमुलक कार्यक्रम गरेका छन् । जस्मा ट्राफिक बत्ति, मादक पदार्थ सेवन सवारीसाधन नचलाऔं, तिब्र गति जिवनको क्षति, जेब्र क्रस लगायतका चित्रहरु ढुङ्गामा कोरेका छन् । चित्रकारहरुले ढुङ्गामा बनाएको त्रिहहरु लाई बजारको विभिन्न ठाउँहरुमा राखेर एकप्रकारको सन्देश फैलाउने काम गरिने कार्यक्रमका संयोजक एवं रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले बताउनु भएको छ । उहाँले भन्नु भयो “सधैं रमाईलो गर्नु भन्दा पनि रमाईलो संगै केहि सन्देशमुलक कार्यक्रम गर्नु नै उत्तम हुने हाम्रो बुझाईले आज अरनिको स्मृति दिवसको अवसर पारेर ट्राफिक सन्देश दिन खोजेको हो” ।

रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा मनाईएको उक्त स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी कार्यवाहक मेयर समझना चौधरीले जिल्ला र नगरपालिका भित्र रहेका विभिन्न पर्यटकिय क्षेत्रहरु लाई चित्रकारीता बाट विकासमा सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाँले यस्ता कार्यक्रमहरु जिल्लामा आवश्यक रहेको भन्नु भएको छ । र स्मृति दिवसको अवसमा मात्र नभई चित्रकारहरु लाई सधैं सम्मानको आवश्यकता रहेको जिक्र समेत गर्नु भयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्