Wednesday, April 23, 2025
घरसुनवलकरिब तीन वर्षदेखि वन क्षेत्रमा व्यवसाय, अतिक्रमित क्षेत्र खाली गरायो वन कार्यालय

करिब तीन वर्षदेखि वन क्षेत्रमा व्यवसाय, अतिक्रमित क्षेत्र खाली गरायो वन कार्यालय

- Advertisement -

परासी, चैत ३० । पश्चिम नवलपरासीमा डिभिजन वन कार्यालयले वन अतिक्रमित क्षेत्रलाई खालि गराएको छ । वन अन्तर्गत परेका क्षेत्रलाई अवैध रुपमा अतिक्रमण गरि बनाईएका विभिन्न संरचनाहरु लाई वन कार्यालयले हटाएको छ ।

जिल्लाको सुनवल नगरपालिका–१३ बडेरा स्थित मोतिलाल बहुमुखी क्याम्पस अगाडि एक निजि कम्पनीले बनाएको भौतिक संरचनालाई डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले खालि गराएको छ । शुक्रवार विहान सुरक्षा निकायको सकृय सहयोगमा निकलेको वन कार्यालयले सिद्धार्थ हार्डवेयर प्रा.लि. कम्पनीको संरचनालाई डोजर लगाएर भत्काएको छ । कम्पनी वन क्षेत्रलाई अतिक्रमण गरेर भौतिक संरचना बनाई व्यापार सञ्चालन गरेको थियो । उक्त संरचना वन अन्तर्गत परेको भन्दै डिभिजन वन कार्यालयले डोजर लगाएर खालि गराएको सुनवल सवडिभिजन वन कार्यालय सुनवलका वरिष्ठ वन अधिकृत मनोक न्यौपानेले बताउनु भएको छ । निजि कम्पनीलाई व्यवसाय संचालन गर्न मोतिलाल क्याम्पसले आफुखुसि वनको जग्गा लिज (भाडा) मा दिएको थियो । क्याम्पस समितिले उक्त जग्गा भाडामा दिँदा वन कार्यालय संग कुनै पनि किसिमको सहकार्य तथा जानकारी नगराएको वन अधिकृत न्यौपानेले भन्नु भएको छ । मोतिलाल क्याम्पस २०६५ सालदेखि वनकै करिब २० विग्हा क्षेत्रफल पढाई सञ्चालन गर्दै आएको अधिकृत न्यौपानेले बताउनु भएको छ । आँफु पनि वनकै जग्गामा संचरना बनाई पढाउँदै आएको क्याम्पसले खाली वनको जग्गाको निजि कम्पनीलाई लिज (भाडा) मा दिँदा जानकारी नगराएको उहाँले बताउनु भएको छ । करिब तीन वर्षदेखि वनको एक विगहा क्षेत्रफलमा व्यवसाय संचालन गर्दै आएको सिद्धार्थ हार्डवेयर कम्पनीले पक्की घर बनाई फलामबाट कम्पाउण्ङ्गि गरेको थियो ।

वनको जग्गा खाली गर्नका लागि सुनवल सवडिभिजन कार्यालयले माघ २६ गते ७ दिन भित्र खाली गराउन पत्र काटेको थियो । हार्डवेयर कम्पनीले अटेरी गरेपछि वन डिभिजन कार्यालय नवलपरासीले पनि फागुन २४ गते खाली नगर्नुको स्पष्टिकरण माग्दै २४ घण्टा भित्र खाली गर्न कम्पनीलाई पत्र थमाएको थियो । पटक–पटक मौखिक रुपले पनि खाली गर्न भन्दा नगरेपछि शुक्रवार विशेष सुरक्षा संगै डोजरले लगाएर खाली गराईएको डिभिजन वन कार्यालय नवलपरासीका निमित डिभिजनल वन अधिकृत रविन्द्र नाथ चौधरीले बताउनु भएको छ । उहाँले भन्नु भया,े “वन नियन्त्रण कार्यविधि २०६८ का अनुसार जिल्लामा रहेको वन अतिक्रमण नियन्त्रण समितिले निर्णय गरेर खालि गराएको हो ।” उहाँका अनुसार सुनवल नगरपालिका–३ स्थित नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघले बनाएको जस्तापाताको टहरा र तारवारलाई पनि भत्काईएको छ । जिल्ला भित्र यस प्रकृतिको सात सय पचास हेक्टरको अतिक्रम रहेको छ र ति सबै खाली गराउने उहाँले भन्नु भएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्