गिता भट्टराइ
परासी, चैत २२ । पश्चिम नवलपरासीमा जारी मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डीको उपाधी लुम्बिनी प्रदेशले हात पारेको छ । सुदुरपश्चिमलाई ३५ अंकको मतान्तरले लुम्बिनी प्रदेशले पराजित गरेको छ ।
बुधवार भएको फाईनल खेलमा भिड्दै लुम्बिनी प्रदेशले सवार्धिक ६३ अंक र सुदुरपश्चिमले २८ अंक हात पारेको थियो । फाईनल खेलको सुरु देखि नै अंकलाई बढाउँदै लुम्बिनी प्रदेश प्रथम बनेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले बताउनु भएको छ । विजेता लुम्बिनी प्रदेशले नगद एक लखा पचास हजार र उपविजेता सुदुरपश्चिम प्रदेश एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गरेको छ ।
खेलमा लुम्बिनी प्रदेशका घनश्याम रोका म्यान अफ द म्याच र उत्कृष्ट राइडर बनेका हुन् । भने विद्यागततर्फ बेस्ट डेफेन्डर सुदुरपश्चिमका सुशील तुलारा बनेका हुन् ।
प्रतियोगिताको सेमिफाईनलमा पुगेका बागमती प्रदेश र मधेश प्रदेशले बराबर ५०÷५० हजारको राशि तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सासंद खड्क बस्नेतले पुरस्कार वितरण गर्दै खेल तर्फ नयाँ पुस्ता अकार्षित हुँदै गएको बताउनु भएको छ ।