Wednesday, April 17, 2024
घरस्वास्थ्यकपिलवस्तुमा सर्पले डस्दा एकको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दा एकको मृत्यु

- Advertisement -spot_img

कपिलवस्तु, असोज १७ गते । कपिलवस्तुमा दिदीबहिनीलाई सर्पले डस्दा बहिनीको मृत्यु भएको छ । बाणगङ्गा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रीतिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेपछि मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा सर्पले दिदीबहिनी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । उपचारका क्रममा रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिएका छन् । भने इशिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सर्पले डसेको थाहा पाएपछि उनिहरु लाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले उनिहरु लाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताए । एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ । source- Gorkhaptra online

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्