Friday, May 23, 2025
घरशिक्षाकक्षा १२ को परीक्षा निर्धारित मितिमै हुनेः अध्यक्ष शर्मा

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुनेः अध्यक्ष शर्मा

- Advertisement -

काठमाडौँ, वैशाख ९ । कक्षा १२ काे परिक्षाा ताेकिएकै मितिमा हुने भएकाे छ । मङ्गलबार राष्ट्रिय परीक्षा बोर्डकाे बैठकले यसअघि तोकिएकै मिति वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षकहरूको आन्दोलनका कारण शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो ।

अध्यक्ष शर्माले हरेक जिल्लाहरूको परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरूमा आवश्यक तयारी गर्न आग्रह गरिएको बताउनुभयो । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकिसकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुराधे गर्ने निर्णय भएको बताउनुभयो । साढे पाँच लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध गरिएको बताउनुभयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्