Friday, May 23, 2025
घरराजनीतिऔधोगिक घरानाले गर्दा बजेट आलोचित हुन पुग्यो जप्रपा अध्यक्षः त्रिपाठी

औधोगिक घरानाले गर्दा बजेट आलोचित हुन पुग्यो जप्रपा अध्यक्षः त्रिपाठी

- Advertisement -

परासी, ७ असार । जनता प्रगतिशील पार्टी, नेपाल (जप्रपा) का अध्यक्ष हृदेश त्रिपाठीले आ.ब.२०८०÷८१ बजेट केहि औधोगिक घरानाको कारणले आलोचित हुनु पुगेको आरोप लगाउनु भएको छ ।

जप्रपा अध्यक्ष त्रिपाठीले पश्चिम नवलपरासीको परासीमा विहिवार पत्रकार सम्मेलन गर्दै उक्त बजेटलाई केही औधोगिक व्यापारिक घरानाले आफ्नो लाभका लागि बजेटलाई प्रभावित पारेको बताउनु भएको छ । यो परम्परा पहिला देखि नै स्पष्ट कायम रहेको छ । अहिलेको बजेटमा केहि निश्चित घरानालाई लाभ सहित पोष्ने काम भएको त्रिपाठीले आरोप लगाउनु भयो । जस्तै अहिलेको विद्युतीय गाडीलाई लिन सकिने दाबि गर्नु भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आ.ब. २०८०÷८१ बजेटलाई सत्ता गठबन्धनका केही नेताहरु नै मन नपराएको भन्नु भयो । जुन आवश्यक सुधार संशोधनका केही विषयहरु सुझाव समेत दिएका छन् भन्नु भएको छ । अहिले बजेटमा आलोचित पक्ष भन्नु पर्दा कर प्रणाली नै रहेको छ जुन कर वा राजस्व निर्धारण गर्नका लागि कहि न कहि केही घरानाहरु को प्रभाव रहेको जप्रपा अध्यक्ष त्रिपाठीले भन्नु भयो ।

जप्रपा अध्यक्ष त्रिपाठीका अनुसार भारत वा विदेश बाट समान्य एक सयको समानहरु ल्याउँदा लगाईने कर (भन्सार) ले लामखुट्टेको टाउको बाट रगत निचोड्ने काम भएको बताउनु भएको छ । उहाँले “भ्याटको नकली बिल प्रकरणमा छानविन भईसकेको कुरालाई पालना मात्रै गरेको भए झन्डै–झन्डै नौं अरब रुपया राजस्व संकलन हुने थियो” भन्नु भयो । त्यस्तै २०५० साल देखि अहिले सम्म अदालतको विभिन्न तहबाट स्टे अर्डर गरिएका राजस्व संकलन रकम नौ खरब बाँकी रहेको जस्मा सरकारको ध्यान जान नसकेको नेता त्रिपाठीले भन्नु भयो । यस्ता उठाउन बाँकी रहेको राजस्व विचलनमा अर्थमन्त्री ध्यायन नपुगेकोले यि करहरु उठाउन आवश्यक रहेको भन्नु भयो । यि राजस्वहरु उठाउन बाँकी रहेको रकमलाई सुधार गर्ने प्रवृत्ति नै नरहेको र तत्काल त्यस्तो वातावरण पनि नदेखिएको भन्नु भएको छ । जुन अर्थतन्त्रको अवस्था क्रमश नाजुक हुँदै गईरहेको छ । नेपालमा मन्दिको अवस्था छाएकोले बैंक तथा वित्तीय नितीहरु छन् तिनले झन धारासायि बनाउन तिर लगेको जप्रपा अध्यक्ष त्रिपाठीले भन्नु भएको छ ।

यसैविच उहाँले भुटानी सरणार्थी काण्डले नेपालको शाखलाई झुकाएको भन्नु भएको छ । बैदेशिक सम्बन्ध र जुन नेपाल प्रतिको सम्मान थियो त्यो गुणात्मक रुपले नकारात्मक असर पारेको भन्नु भयो । यो काण्डले देश भित्र त बदनाम गरायो गरायो अन्तराष्ट्रिय स्तरमा पनि गराएको भन्नु भएको छ । र यस्तै धेरै भष्टाचारका एजेन्डाहरु लाई सामसुम पार्नको लागि नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गर्ने संकेत देखिएको बताउनु भयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्