Saturday, March 15, 2025
घरखेलकूदओमानलाई नेपालले दियाे १ सय ८५ रनकाे लक्ष्य

ओमानलाई नेपालले दियाे १ सय ८५ रनकाे लक्ष्य

- Advertisement -

काठमान्डौं, कात्तिक १९ । आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले ओ‌मानलाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएकाे हाे । 

नेपालका लागि कप्तान राेहितकुमार पाैडेल, गुल्शन झा र करण केसीले शानदार ब्याटिङ गरे । गुल्शनले २५ बलमा ५४ रनकाे शानदार अर्धशतकीय पारी खेले । सुरुवाती ब्याटरहरू सस्तैमा आउट भएका बेला मैदान छिरेका उनले कप्तान पाैडेलसँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई उकासेका हुन् । 

पाैडेल ३७ बलमा ५२ रनकाे अर्धशतकीय पारी खेलेर नटआउट रहे । करण केसी ६ बलमा २० रन बनाएर नटआउट रहे । कुशल भुर्तेलले २२ बलमा ३१, आसिफ सेखले ६ बलमा ६, सन्दीप जाेराले १३ मा १०, कुशल मल्लले ९ बलमा ३ र विवेक यादवले ३ बलमा १ रनकाे याेगदान दिए । 

ओमानका बिलाल खानले तीन तथा आकिब सुलेहरीले दुई विकेट लिए । जिशान मकसुदलले एक विकेट लिए ।

नेपाल यूएईलाई र ओमान बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’मा रहेका दुवै टोलीबीच लिग चरणमा भएकाे भेटमा नेपाल ओमानसँग पाँच रनले हारेकाे थियाे ।

समूह उपविजेता बनेर अघि बढेकाे नेपालले सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराएर फाइनल प्रवेश गरेको हाे । फाइनल प्रवेश गरेका नेपाल र ओमान आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन् ।  शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

मदरसामा पोशाक वितरण

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्