नवलपरासी, भदौ २७। एसिया कप खेल प्रतियोगितामा भारतले श्रीलन्का लाई हराएर फाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले हराएको हो ।
पहिलो ब्याटिंग गर्न उत्रेको भारतले श्रीलन्कालाई २१४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पछ्याएको श्रीलन्काले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । श्रीलन्काका लागि दुनिथ वेललेजले ४२ रन बनाए । धनन्जय डी सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए । भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान २/२ विकेट लिए ।
बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ । फाइनल खेल आइतबार हुनेछ ।