Wednesday, April 17, 2024
घरखेलकूदएसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

- Advertisement -spot_img

नवलपरासी, भदौं २९ । एसीसी एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानलाई हराउँदै श्रीलंकाले फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा गएराति सम्पन्न भएको खेलमा श्रीलंकाले पाकिस्तान २ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ ।

कर्षाका कारण डियलएस मेथडमा ४२ ओभरको खेलमा जितको लागि श्रीलंकाले २५२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै श्रीलंकाले पूरा गर्‍यो । श्रीलंकाका लागि कुसल मेन्डिसले ९१ रन बनाए । सदिरा समराविक्रमाले ४८ रन बनाए । 

श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । यस्तै, सदिरा समाराविक्रमाले ४८ को योगदान दिए । पाकिस्तानका इफ्तिखर अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । साबिकको विजेता श्रीलंकाले आइतबार भारतसॅंग उपाधिको लागि खेल्ने छ ।

 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्