काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १० काे नतिजा प्रकाशन गर्ने निर्णय विषयमा आज बैठक बस्ने भएकाे छ ।
२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्नकाे लागि आज दिउँसो बोर्डको बैठक बोलाइएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्। बोर्डको बैठकपछि सम्भवतः आज नै नतिजा सार्वजनिक गरिने कि भन्ने विषयमा छलफल हुने छ।
यो वर्ष कक्षा १० काे नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिनेछ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए । स्राेत- राताेपाटी