काठमाडौं, साउन १७ । केहीबेरअघि सुरु भएको नेकपा (एमाले) सचिवालय बैठक जारी छ । बैठक हनुमानथानस्थित होटल बसेरामा चलिरहेको छ । आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।
असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो । यसअघि केन्द्रीय नेताहरूको अन्तरजिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो ।
नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा बसेको छ ।