काठमाडौं, साउन २० । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताउनु भएकाे छ ।
आइतबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताउनु भयाे । ‘डेमोक्रेसीका नाममा पार्टीमा जब गुटबन्दी हुन्छ अनि पार्टी सकिन्छ’ उहाँले भन्नु भयाे । एमालेमा लामाे समय देखि गुटबन्दीकै कारण पार्टी विभाजन भएकाे बताउनु भएकाे छ ।
कतिपयले उचाल्न पनि सक्छन् । तर अब पार्टी भित्र कुनै पनि गुटबन्दी स्वीकार्य छैन ओलीले भन्नु भएकाे छ ।