Thursday, April 24, 2025
घरसमाचारएनएमबि बैंकद्धारा १३ विद्यालय र २ अस्पतालमा डिस्पेन्सर वितरण

एनएमबि बैंकद्धारा १३ विद्यालय र २ अस्पतालमा डिस्पेन्सर वितरण

- Advertisement -

परासी, चैत्र ५ । पश्चिम नवलपरासीमा एनएमबि बैक परासी शाखाले जिल्लाका १३ विद्यालय र २ अस्पताल गरी १५ वटा पानी राख्ने ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार उक्त सामग्री वितरण गरिएको शाखा प्रबन्धक रामनरेश गुप्ताले जानकारी दिनुभयो ।

प्रति एक थानका दरले १५ वटा संस्थालाई डिस्पेन्सर वितरण गरिएको शाखा प्रबन्धक गुप्ताले बताउनुभयो । तातो, चिसो र नर्मल पानी आउने डिस्पेन्सरले शुद्ध खानेपानी उपलब्ध गराउनेमा सहयोग पुग्ने अपेक्षा लिइएको बैंकले जनाएको छ ।

जिल्लाका पवन मावि परासी, आदर्श मावि परासी, जनता मावि डैनहवा, राष्ट्रिय मावि पंडितपुर, जनता मावि देवगाव, राष्ट्रिय मावि करमैनी, जनता मावि लक्ष्मीपुर, राधाकृष्ण मावि बिस्नुपुरा, जनता मावि भुजहवा, विनोद निता कँडेल आयुर्वेद विद्यालय दुबौलिया, महेन्द्र जनता मावि गडौरी, जनता आधारभूत विद्यालय धनगडवा, हरपुर मावि हरपुर पृथ्वीचन्द्र अस्पताल परासी र डाक्टर विनोद निता कँडेल आँखा अस्पताल डिस्पेन्सर वितरण गरिएका छन ।

कुल १ लाख ६५ हजारका सामग्रीलाई सोमबार परासीमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्