काठमाडौं, वैशाख १० । एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृतमा(सीईओ) गोविन्द घिमिरे औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव रहेका घिमिरेले बुधवार पदभार ग्रहण गर्दै कार्यभार सम्हाल्नु भएको छ । उहाँ विगत १६ वर्षसम्म बैंकको विभिन्न विभाग तथा शाखाहरुको नेतृत्व गर्नुभएको थियो । उहाँले पदभार ग्रहण गर्दै भन्नुभयो, “मेरो प्राथमिकतानवप्रवर्तन, दिगो साझेदारी र समावेशीवित्तीय सेवामा केन्द्रितहुनेछ, जसले बैंकलाई अझप्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामीग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौ ं।” घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक संचालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि धारणा राख्नु भएको छ । कार्य अनुभव हासिल गर्नु घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । घिमिरे बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारक कार्यहरूमा विशेष रूपले कामहरु गर्दै आउनु भएको छ ।
यसैगरी यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्नु भएको छ । उहाँले स्वदेशी तथा विदेशी बैंकहरुमा कार्यगरि कार्य अनुभव प्राप्त गर्नु छ ।