परासी, फागुन १५ । पश्चिम नवलपरासीको परासीमा फागुन १६ गते देखि नवलपरासी औधोगिक व्यापार मेला लाग्दै छ । जिल्लाको सदरकुमा स्थित रामग्राम नगरपालिका– ५ को वाइपासरोडमा मेलाको तयरी भईसकेको छ ।
यस्तै सोही प्रकृतिको मेला बर्दघाट नगरपालिकाको बर्दघाटमा रोकिएको छ । त्यहाँ पनि बर्दघाट औधोगिक व्यापार मेला लगाउने तयारी भएर रोकिएको छ । बर्दघाट उद्योग वाणिज्य संघले फागुन १७ गते देखि मेला लगाउने तयारी तय गरेको थियो । तर त्यहाँका स्थानीय व्यापारीहरु मेलाबाट स्थानीय बजारमा मर्का पर्ने भनेपछि मेलालाई राेकिएको हो । आर्थिक मन्दी तथा बजार नभएको समयमा बाहिरी व्यापारीलाई बोलाएर मेला लगाउने प्रति त्यहाँका स्थानीय व्यापारीले असन्तुष्टि जनाएपछि मेलालाई बर्दघाट नगरपालिकाले रोकेको छ । स्थानीय व्यापारीहरु ले अलि अलि भएको व्यापारलाई पनि बाहिरी व्यापारीको हातमा जाने भनेर उनिहरु विरोधमा समेत उत्रेका थिए । यति मात्र नभई उक्त मेलाबाट शिक्षामा समेत असर पर्ने भनिएको छ । नगरपालिकाकाले आँफैं मेला लगाउन अनुमति दिए पनि पछि मेलावारे स्थानीय बजार र शिक्षामा पर्ने असरलाई लिएर विभिन्न टिकाटिपणी हुन थालेपछि नगरपालिकाले फागुन ११ गते मेलालाई स्थगित गरिएको भनेर सूचना समेत सार्वजनिक गरी मेलालाई रोक लगाएको हो । अहिले बि.एल.इ. र एस.इ.इ. परिक्षा समेत नजिकिएको छ ।

तर परासीमा सोही प्रकृतिको मेला भने नवलपरासी उद्योग बाणिज्य संघले भोलि देखि लगाउँदै छ । मेलामा स्थानिय बजारलाई प्राथमिकता दिने भनिए पनि व्यपारीहरु बाहिर कै हुने परासी स्थित स्थानिय व्यापारीहरु ले भनेका छन् । अहिले नजिकिएको बि.एल.इ. र एस.इ.इ. परिक्षाको तयारी माथि आयोजकको ध्यायन नपुगेको स्थानीयहरु ले बताएका छन् । मेलालाई अर्थ मन्त्री डा. प्रकाश शरण महतले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।