Friday, December 6, 2024
घरराजनीतिएउटा पक्ष संघीयता खारेजीमाः उपेन्द्र यादवको  

एउटा पक्ष संघीयता खारेजीमाः उपेन्द्र यादवको  

- Advertisement -spot_img

बारा, कात्तिक २० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाएका छन् ।

दिपावली तथा छठ पर्वका अवसरमा बाराको तेलकुवा महादेव मन्दिरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने बताए ।

‘संघीयता कार्यान्वयन गर्न पुलिस, कर्मचारी प्रशासन, आर्थिक स्रोत प्रदेशलाई हस्तान्तरण गरोस् । प्रदेशलाई अधिकार सम्पन्न गर्न कानुन बनाइयोस्,’ उनले भने । यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेश प्रदेशलाई संघीय सरकारले जम्मा १२ प्रतिशतमात्रै बजेट विनियोजन गरेको भन्दै विकास हुन कति वर्ष लाग्ला भनेर सोच्नुपर्ने गम्भीर विषय उब्जेको बताए ।

‘हामीलाई अधिकार, सुशासन, प्रशासन आफ्नो चाहियो । संघीय सरकारले पठाएका प्रशासन हामीलाई चाहिँदैन, संघीयताको अर्थ केन्द्रमा साझेदारी, प्रदेशमा आफ्नो शासन, प्रशासन हो, तबमात्र अधिकार सुरक्षित हुन्छ,’ यादवले भने ।

उनले जथाभावी चुरे उत्खनन् गर्दा त्यसको प्रत्यक्ष असर मधेस प्रदेशमा परेको बताउँदै चुरे क्षेत्रमा दोहन गरेर मधेशलाई मरुभूमि बनाउने कुनै निर्णय भए मधेशका जनतालाई पाच्य नहुने बताए । शिलापत्र अनलाइन
 

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्