काठमाडौँ, फागुन २४ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीका अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी पार्टीका सांसद प्रदिप यादवले बताउनु भएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । जसपा नेता यादवका अनुसार जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ । अनलाइनखबर