परासी, १० असार । उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा ओमप्रकाश अग्रहरी सर्वसम्मत चयन हुनु भएकाे छ । १५औँ अधिवेशनकाे लागि उद्योग वाणिज्य संघले एक वर्ष ढिलाे गरेर नयाँ नेतृत्व चयन गरेकाे हाे ।
आज संघले वरिष्ठ उपाध्यक्षमा रहनु भएका ओमप्रकाश अग्रहरी सर्वसम्मत निर्वाचित गरेको छ । आज साझ उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमका बिच अग्रहरी सहित नयाँ नेतृत्वको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता धन शर्माले घोषणा गर्नुभयो । संघको वरिष्ठ उपाध्यक्षमा नगेन्द्र अग्रहरी निर्वाचित हुनभएको छ ।
यसैगरी दुई उपाध्यक्ष उद्योग तर्फ गिरीराज पाण्डे र वाणिज्य तर्फ राजेश कुमार गुप्त चयन हुदा यस अघि सचिव रहनुभएकि तारा आचार्यले महासचिवको जिम्मेवारी पाउनुभएको छ । यसैगरी कार्यकारीणी सदस्यहरुमा सन्दिप कुमार स्वर्णकार, बालकिसुन गुप्ता, किसुनाथ बँनिया, चन्द्रप्रकाश गुप्ता, गणेश प्रसाद अग्रहरी, सुनिल कसौधन लगाएत एसोसियट र वस्तुगत गरी १९ सदिस्य समिति सर्वसम्मत चयन भएको छ ।
संघको लेखा समिति संयोजकमा अर्जुन बहादुर क्षेत्रि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । यसअघि विवादका कारण निर्वाचन हुन सकेको थिएन् । आज निर्वाचन समितिले निर्वाचन प्रक्रिया मिलाउन विधानमा भएको व्यवस्था बमोजिम सर्वसम्मत सहमती भएको नामका आधारमा अन्तिम नामावली प्रकाशन गर्दे सबै पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मती भएको आधार प्रस्तुत गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष रहनुभएका केशव भण्डारी उद्योग वाणिज्य समहासंघको केन्द्रिय सदस्यमा चयन भएपछि नयाँ नेतृत्व चयन गर्न संघलाई दबाब बढेको थियो । नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले संघको नेतृत्व सधै उद्योगी व्यवसायीको हित र प्रर्वद्धनमा अगाडी बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्मा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।