Sunday, January 19, 2025
घरराजनीतिइलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

इलाम उपनिर्वाचन : उम्मेदवारी दर्ता चैत २४ गते

- Advertisement -spot_img

काठमाडौं, फागुन १४ गते । इलामको निर्वाचन क्षेत्र नं. २ र बझाङको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत २४ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार आगामी २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दल दर्ताका समय फागुन २४ देखि ३० गतेसम्म तोकिएको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालका अनुसार चैत २४ गते  उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ ।

त्यस्तै, चैत २८ देखि २०८१ वैशाख १२ गतेसम्म निर्वाचन प्रचारप्रसारको अवधि तोकिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्