इराक, साउन १८ । इराकको बाबिल प्रान्तमा इराकी अर्धसैनिक हस्द शाबी फोर्सको सैन्य आधारमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । जसमा अहमद नजम अब्दुल–जाहरा नामक कमाण्डरसहित चार लडाकुको मृत्यु भएको हो ।
इराकले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई आक्रमणको नतिजाको लागि जिम्मेवार ठहराएको इराकी सेनाका प्रवक्ता याह्या रसूलले बताउनुभयो । हशद शाबी सेनाको अल–जजिरा अपरेशन कमाण्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राज्यले जुर्फ अल–नासर क्षेत्रमा अर्धसैनिक ४७ औं ब्रिगेडमा तीनवटा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।सिन्ह्वा/न्यूज एजेन्सी नेपाल/ गाेरखापत्र दैनिक अनलाइन