एजेन्सी, भदाैं १४ । इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।
प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान गर्दा मारिए । इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले शिन बेटको निर्देशनमा र गोलीबारी पछि विशेष पुलिस इकाईका सदस्यहरूले अबु शुजासहित पाँच आतङ्ककारीहरूलाई मारेका बताउनु भयो ।
प्रहरी युनिटका एक सदस्यलाई सामान्य चोट लागेको र उपचारका लागि इजरायलको अस्पतालमा लगिएको छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल