काठमान्डाैं, पुष ५ । इजरायलकाे आक्रमणबाट गाजामा अहिलेसम्म २० हजार प्यालेस्टाइनी मारेका छन् । हमासको हमलापछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हमासकाे हमालापछि इजरायलले गाजामा आक्रमण सुरू गरेपछि कम्तीमा २० हजार प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएकाे छ ।
गाजामा द्वन्द्व सुरु भएदेखि (एक साता लामो युद्धविराम बाहेक) दैनिक औसत ३ सय मानिसको मृत्यु भइरहेकाे याे तथ्याङ्कले देखाउछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का क्षेत्रीय आपतकालीन निर्देशक रिचर्ड ब्रेननले मृत्यु हुनेको यो संख्यालाई विश्वासयोग्य ठानेका छन् ।
कुनै पनि रणभूमिमा मृतकको गणना गर्नु चुनौतीपूर्ण कार्य भए पनि पछिल्लाे पटक प्राप्त तथ्याङ्क सत्यकाे नजिक रहेकाे बीबीसीले जनाएकाे छ ।
तर, गाजाका डाक्टरहरूले भने मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताएका छन् । किनभने यो तथ्याङ्कमा बम विस्फाेटबाट ध्वस्त भएका वा अस्पतालमा नपुगेका भवनहरूको भग्नावशेषमुनि पुरिएका शवहरू समावेश छैनन् । शिलापत्रबाट