Thursday, December 5, 2024
घरअपराधआरती साह मृत्यु प्रकरण : श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा

आरती साह मृत्यु प्रकरण : श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा

- Advertisement -spot_img

जनकपुरधाम,५ असार । ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको श्रीमान र ससुरालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी साह ७ जेठमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । सो घटनामा प्रहरीले श्रीमान मोतीबाबु र ससुरा मदनमोहनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

आरतीको माइती पक्षले मोतीबाबु र मदनमोहनविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । ३ असारदेखि भएको थुनछेक बहसपछि मंगलबार अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

दुई वर्षअघि मोतीबाबु र आरतीको विवाह सामाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजोसहित २५ लाख रुपैयाँ दिएको माइत पक्षको दाबी छ । पछिल्लो समय दाइजो कम भएको भन्दै घरमा आरतीलाई यातना दिँदै आएको माइती पक्षको आरोप छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्