Thursday, January 16, 2025
घरस्वास्थ्यआयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री

आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री

- Advertisement -spot_img

काठमाडौं, असोज ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अवस्था रहेको बताउनुभएको छ । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मङ्गलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवम् कार्यशालको उद्घाटन समारोहमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफ भन्दा आफूलाई ठोस् कार्ययोजना चाहिएको बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘आयुर्वेदको विकासका लागि यस्तो गर्न सकिन्छ, उस्तो गर्न सकिन्छ भनेर भएन् । ठोस् कार्ययोजना लिएर आउनु पर्यो । त्यसमा मेरो सहयोग रहन्छ ।’’

जति आयुर्वेदको विकास भयो त्यति नै नेपाली जनताका लागि राम्रो हुने बताउनुहुँदै मन्त्री बस्नेतले साइड इफेक्ट नहुने आयुर्वेदिक औषधिको पहूच बढाउनु पर्नेमा जोड दिनुभयो । आयुर्वेदिक महत्त्व भएका जडिबुटीलाई खोस्टोको भाउमा विदेशीलाई बेच्ने तर पछि त्यही जडिबुटी औषधि बनेपछि अमृतको भाउमा किन्नु पर्ने अवस्थाको अन्त गर्नका लागि आयुर्वेदको क्षेत्रका विज्ञहरुले कार्ययोजना बनाएर अगाडि बढ्नु आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा व्याप्त वेथितिको अन्त्य गर्न आफू लागिपरेको बताउनुहुँदै मन्त्री बस्नेतले पहुचको भरमा दशकौंदेखि राजधानी बाहिर जान नचाहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले काज फिर्ता गरेर दरबन्दी भएकै ठाउँमा पठाएको दाबी गर्नुभयो । स्वास्थ्य विमामा बेतिथि बढेको सबैतिरबाट गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको स्मरण गर्नुहुँदै स्पष्टीकरण सोधेपछि अगाडि मिति राखेर अस्पतालहरुलाई दिनुपर्ने सोधभर्ना दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादवले औषधि विहीन थेरापीको रुपमा पञ्चकर्म चिकित्सालाई लिइने गरेको बताउनुहुँदै पञ्चकर्मले दुखाई सम्बन्धी धेरैजसो रोगहरुको उपचार गर्न सकिने दाबी गर्नुभयो । डा. यादवले तालिम केन्द्रले प्रदान गरिरहेको सेवाको विषयमा जानकारी गराउनुहुँदै उपचार, अनुसन्धान र तालिममार्फत केन्द्रले आयुर्वेदको विकासका लागि काम गरिरहेको जानकारी दिनुभयो । तालिममा देशका विभिन्न प्रदेशका आयुर्वेद क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता छ । आजको गोरखापत्रमा छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्