परासी, फागुन १२ । रामग्राम नगरपालिकाले १३औं नगर सभा बाट बजेट संकुचन गरेको छ । आन्तरिक स्रोतको प्रक्षेपण लक्ष्य प्राप्त हुन नसक्ने भएपछि बजेटलाई नगरपालिकाले संकुचन गरेको छ ।
१२औं नगर सभाबाट नगरपालिकाले १ अर्ब २७ करोड ९३ लाख ८६ हजारको बजेट विनियोजन गरेको थियो । तर आन्तरिक स्रोत तथा आर्थिक मन्दिको कारणले नगरपालिकाले १३औं नगर सभाबाट बजेटलाई संकुचन गर्दै जम्मा १ अर्ब १८ करोड १३ लाख २६ हजारको मात्र योजना संचालन गर्ने भएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । लक्ष्य अनुसारको राजस्व उठ्न नसक्ने भएपछि नगरपािलकाले बजेटलाइ संकुचन गरेकाे हाे । पालिकाले अहिलेको नगर सभामा ९ करोड ८० लाख ६० हजार बराबरको बजेट संकुचन गरेको यादवले भन्नु भएको छ ।
त्यस्तै संघिय सरकारले दिने १६ करोडको बजेट पनि घट्ने भएको छ । संघिय सरकारको पनि लक्ष्य अनुसारको राजस्व नउठेपछि पालिकालाई दिने बजेटहरु घटेको छ । सरकारले पालिकालाई ४३ प्रतिशत बजेट घटाएर पठाउने भएपछि योजनाहरु संचालनमा कठिनाई हुने भएको छ । रामग्रामले संघिय सरकार बाट पाएको जम्मा बजेटको हाल सम्म ५० प्रतिशत रकम पाईसकेको प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले बताउनु भएको छ । अब जम्मा ७ प्रतिशत मात्रै पाउन बाँकी रहेको अर्यालले बताउनु भएको छ ।
रामग्राम नगरपालिकाको चालु आर्थिक वर्षमा ४ सय ३४ वटा योजनाहरु रहेको छ । जस्मा करिब १ सय २५ वटा सम्झौता भई कामहरु अगाडि बढेको नगरपालिकाले जनाएको छ ।