Saturday, April 13, 2024
घरमनोरञ्जन‘आदिपुरुष’ ले पहिलो दिन नै बनायो कमाइको कीर्तिमान

‘आदिपुरुष’ ले पहिलो दिन नै बनायो कमाइको कीर्तिमान

- Advertisement -spot_img

मुम्बई,०२ असार  । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड भारतीय रुपैयाँ कमाएको छ । चलचित्र निर्माताले शनिबार सो जानकारी दिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरीजले आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको बताएको छ।

यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका छन् । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौँ संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एक संवादले नेपालमा विवाद सिर्जना भएको छ । यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् । बलेन्द्र शाह ‘बलेन’ले फिल्मकर्मीहरुलाई यो संवाद आफ्नो फिल्मबाट हटाउन आग्रह गरेका छन् ।  यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्