काठमान्डाैं, चैत १३ । दुई टी– २० खेलको नेपाल र आरल्यान्ड एबीचको सिरिजको दोस्रो खेल आज हुँदै छ । आज दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल सुरु हुनेछ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले सहज जित हात पारेको थियो । जितका लागि १२२ रनको लक्ष्य पाएको नेपालले ४ विकेटको क्षतिमा १७औँ ओभरमै जित हात पारेको हो ।