Thursday, December 11, 2025

आज देखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने

काठमाडौँ,३ असार २०८० । आज देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । 

बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन  ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आईरहेको छ । आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफनो माग प्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरे पछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो । 

- Advertisement -
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
सम्बन्धित समाचार