काठमाडौं, असोज १८ । आज देखि मौसममा क्रमिक सुधार हुनेभएको छ । मौसममा क्रमिक सुधार आएसँगै बिहीबार बिहानै घाम लागेको छ।
पछिल्लो ३ दिन देखि लगातार परेको पानी आजदेखि हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम क्रमिक सुधार हुन थालेपछि केहि हल्का मात्रै पानी पर्न सकने मौसमविद् गोविन्द झा बताए । मौसममा क्रमशः सुधार हुँदै गएपनि पूर्णरूपमा मनसुन बाहिरिन भने अझै करिब ६ दिन लाग्ने मौसमविद्हरुले बताएका छन् ।
झाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। उनका अनुसार बाँकी भूभागमा सामान्यतया आज मौसम सफा रहनेछ। काठमाडौं उपत्यकामा आज दिउँसो दुई–तीन बजेतिर हल्कादेखि क्षणिक वर्षाको सम्भावना छ।