परासी,१२ साउन । पश्चिम नवलपरासीको परासी बाटै मोटरसाईकलको लागि सवारी चालक अनुमति पत्र (ड्राईभिङ्ग लाईसेन्स) सेवा शुरु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं. ४ मा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आज देखि उक्त सेवा दिन शुरु गरेको छ ।
२०७८ साल फागुन १ गते देखि पश्चिम नवलपरासी बाट सेवा कार्यालय खोलि सवारी साधनको कर संकलन एवं नविकरण तथा जाँच पास र रुट प्रािटको काम गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले आज देखि सवारि चालक अनुमति पत्र (ड्राईभिङ्ग ईसेन्स) पनि बनाउने कार्य शुरु गरेको कार्यालयका प्रमुख श्याम कुमार पौडेलले बताए । उनका अनुसार साविकका कामहरु यथावत राख्दै दुई पंग्रे सवारीको सावारी चालक अनुमति पत्र नविकरण र नयाँ बनाउने कार्य एक कार्यक्रम विच उद्द्धाटन गरि शुरु गरिएको कार्यालय प्रमुख पौडेलले भने । उक्त सेवाको उद्घाटन लुम्बिनी पदेश सभा सदस्य बैजनाथ बलवार (जैसवाल) ले ट्रायल गरिने ठाउँमा मोटरसाईक बाट ट्रायल कटाएर गरे । सवारी चालकको नविकरण गर्ने कार्य यहि असार १० गते देखि नै शुरु गरिएको छ भने सवारी चालक अनुमति पत्रको लागि अनलाई फर्म दर्ता गर्ने कार्य साउन ४ गते देखि नै खुलाएको छ । हप्ताको ४ दिन आईतवार देखि बुधवार सम्म फर्म दर्ता गर्ने र आर्को हप्ता लिखित परिक्षा त्यसपछि ट्रायल गरिने छ । त्यस्तै केहि महिना मै चार पांग्रे सवारी कारको पनि लाईसेन्स बनाउने कार्य शुरु गरिने सेवा कार्यालयका प्रमुख पौडेलले जानकारी गराए । त्यसको लागि आवश्यक पर्ने पूर्वाधारको कार्यहरु तिव्र गतिमा भईरहेको बताए ।
यसैविच कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार (जैसवाल) ले यो सेवा कार्यालयलाई छिटै कार्यालय कै रुपमा स्थापित गर्ने बताए । कार्यालय व्यवस्थापनको लागि जग्गा उपलब्ध हुने वित्तिकै भौतिक संरचना बनाउनको लागि बजेट छुट्याएर कार्यालय स्थापनामा लाग्ने प्रदेश सभा सदस्य कलवारले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालले उक्त कार्यालय प्रति सबै जिम्मेवार भई सहयोगि भावनाको साथ सेवा लिन भने । यस्तै जस्पाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले सबैलाई समान रुपले हेरर सेवा दिन तथा विभिन्न ड्राईभिङ्ग फर्महरुले मनोमानी ढंगले उठाउने दस्तुरमा कार्यालयको अनुगमन आवश्यक रहेको समेत भने ।