Tuesday, October 8, 2024
घरराजनीतिआजदेखि सुरु हुँदै बिपी महोत्सव

आजदेखि सुरु हुँदै बिपी महोत्सव

- Advertisement -spot_img

काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सम्झनामा आजदेखि बिपी महोत्सव हुने भएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ । 

करिब ४० मिनेटको उद्घाटन सत्रपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन, बिपीको दृष्टिमा बिपी, बिपीको आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण र नेपालको मातृभाषा साहित्य विषयमा विभिन्न वक्ताको संभाषण रहने पार्टीको सूचना तथा सञ्चार विभागले जनाएको छ । यी सत्रसँगै कलाकारहरूले बिपीका बारे प्रत्यक्ष चित्र कोर्नुहुन्छ । ५:३० बजेपछि भने कविता साँझको आयोजना हुने कार्यतालिका महोत्सव तयारी समितिले बनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्