Thursday, January 16, 2025
घरराजनीतिआजदेखि गण्डकी प्रदेशसभाको अधिवेशन

आजदेखि गण्डकी प्रदेशसभाको अधिवेशन

- Advertisement -spot_img

कास्की, फागुन १६ गते । गण्डकी प्रदेशसभाको अधिवेशन बुधबार दिउँसो २ बजेबाट सुरु हुँदै छ । गण्डकीको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।

प्रदेश सभाले यसअघि नै दर्ता भइसकेका दुई वटा विधेयकमाथि छलफल गरी पारित गर्नेछ । प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यी दुवै विधेयक संसदीय समितिबाट पास भइसकेका छन् । यी विधेयक बुधबार सदनमा प्रतिवेदनसहित पेश गर्ने र दफाबार छलफलपछि पारित हुनेछन् ।

यसअघि पास भइसकेका ६७ वटा विधेयकमध्ये अघिल्लो पटकको सदनले ६ विधेयक पास गरेको थियो । तीमध्ये गण्डकी प्रदेशभित्रको वनलाई नियमन गर्न बनेको विधेयक, प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक हुन् । गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्