एजेन्सी, चैत १३ । इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको छ ।
गए राति भएको खेलमा बैंगलुरुले पञ्जाबलाई ४ विकेटले पराजित गरेसंगै यो सिजनको दोस्रो खेलेबाट बैंगलुरुले पहिलो जित भएकाे छ । यसअघि बैंगलुरु चेन्नइ सुपर किङ्ससँग पराजित भएको थियो ।
उता यो सिजनको आईपीएलकाे दोस्रो खेलेमा पञ्चाबको भने यो पहिलो हार भएकाे छ । यसअघि पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।
गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रनको स्कोर खडा गरेको थियो । १७७ रनको विजय लक्ष्य पछ्याएको बैंगलुरुले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको हो ।