परासी, फागुन १६ । संघिय सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महत आज नवलपरासी आउँदै हुनुहुन्छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्न उहाँ आउने कार्यक्रम तय भएको छ ।
उद्योग वाणिज्य संघ नवलपरासीको आयोजनामा फागुन ३० गते सम्म चल्ने छैठाँै औद्योगिक व्यापार मेलाको उद्घाटनमा दिउँसो १ बजे आउने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनु भएको छ । सोहीविच उहाँले जिल्लाको महेशपुरमा रहेको महेशपुर भन्सारको पनि अवलोकन तथा निरिक्षण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले बताउनु भएको छ ।
महेशपुर भन्सारको अवस्था र महेसपुर परासी सडक विस्तारका विषयमा पनि अर्थमन्त्रीको ध्यानआर्कषण गराउने कंण्डेलले बताउनुभयो ।