Thursday, December 5, 2024
घरअर्थअर्थतन्त्र सुधार हुँदैछ लगानी गर्न अर्थमन्त्री महतकाे आग्रह

अर्थतन्त्र सुधार हुँदैछ लगानी गर्न अर्थमन्त्री महतकाे आग्रह

- Advertisement -spot_img

परासी, फागुन १६ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधार भईरहेको बताउनु भएको छ । उहाँले देशको अर्थतन्त्र सुधार उन्मुख रहेको दावि गर्दै लगानी गर्न भन्नुु भएको छ ।

नवलपरासीमा आयोजित छैठौँ नवलपरासी औधोगिक व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले भन्नु भयो, ‘आत्मविश्वास बढाऔं अर्थतन्त्र अगाडि बढछ, अव यस्तो अवस्था रहँदैन व्याज घटेको छ विचार पुर्याएर ऋण लिने र लगानी गर्ने ।’ एउटाले जे गर्यो त्यही गर्नेे हाम्रो प्रवृति छ । त्यसैले नयाँ सोचौं उहाँले भन्नु भयो । सबैले एउटै व्यवसाय गर्न थालेपछि आपुर्ति बढि र माग कम भएपछि स्वतः घाटा लाग्ने मन्त्री महतले भन्नु भएको छ । उहाँले भन्नु भयो, ‘बैंकको व्याजदर घट्ने क्रममा छ आत्म विश्वास जगाऔं लगानी गरौं ।’ यसरी उत्पादन र रोजगारी बढछ अनि राजस्व उठ्छ र सरकारको बजेट दिने क्षमता पनि बढछ जसले गर्दा विकास सम्भव हुन्छ । कोभिड पछि नेपालमा सबै भन्दा बढि पर्यटक आएको उहाँले दावि गर्नु भएको छ । देशको आर्थिक स्थिती सुधार उन्मुख छ र व्यवसायलाई बढाउन सकिने अवस्था बढ्दै गएको अर्थमन्त्री महतले भन्नु भएको छ । उहाँले आत्मविश्वासका साथ नेपाल मै लगानी गर्न अनुरोध पनि गर्नु भएको छ । गलत गर्नेलाई कानुनी व्यवस्था रहेको छ ।

लुम्बिनी प्रदेशको गतिशिल जिल्ला मध्ये नवलपरासीमा जिल्ला पनि एक हो रहेको अर्थमन्त्री महतले भन्नु भएको छ । अब विकासको गतिमा केही समयपछि नवलपरासीले रुपन्देहीलाई पछाडि पार्ने अर्थमन्त्री महतले भन्नु भएको छ । पश्चिम नवलपरासीमा उद्योग व्यवसाय बढने क्रम जारी छ र अझै बढने विषयमा दुईमत नहरेको उहाँले भन्नु भएको छ । यसैविच रामग्रा स्तूपमा पनि भौतिक पुर्वाधारको विकास गर्न पहल गर्ने भन्नु भयो । रामग्राम अत्यन्तै पवित्र स्थल भएको नाताले यसलाई छिटै बुद्ध संग जोडिएर विकास गर्ने बताउनु भएको छ । विश्व बैंक संग कुरा हुँदैछ थप लगानी गरेर कुन ठाँउको के महत्व छ त्यसको आधारमा पर्यटन विकास गर्ने उहाँले बताउनु भयो ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्