Sunday, January 19, 2025
घरअन्तर्राष्ट्रियअरब लिग प्रमुखद्वारा क्षेत्रीय आन्दोलनको चेतावनी

अरब लिग प्रमुखद्वारा क्षेत्रीय आन्दोलनको चेतावनी

- Advertisement -spot_img

अरब लिग, साउन १८ गते । अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले अरबका क्षेत्रमा खतरनाक इजरायली आक्रमण हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भइरहेको भन्दै यस्ता कार्यहरू नगर्न चेतावनी दिनुभयो । एएल प्रमुखले हत्या गर्नुले अन्तर्राष्ट्रिय मान्यताहरूका लागि ठुलो बेवास्ता र देशहरू बिचको सम्बन्धलाई नियमन गर्ने नियमहरूको अपमान प्रकट गरेको बताउनुभयो ।

उहाँले इजरायलले आफ्नो कार्यको परिणामस्वरूप यस क्षेत्रलाई असर गर्नसक्ने भयावह नतिजाको पूर्वानुमान नगरी लापरवाह नीति अपनाइरहेको बताउनुभयो । अबोल–घितले व्यापक क्षेत्रीय विस्फोट रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब दिन आवश्यक रहेको जानकारी दिनुभयो ।

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले हमास पोलिटब्युरो प्रमुख इस्माइल हानियाहको इरानको राजधानी तेहरानमा हत्या भएको पुष्टि गरेको छ ।

हमास आन्दोलनले आफ्नो नेताको मृत्यु भएको पुष्टि गर्दै हनियाको हत्या इजरायली आक्रमणबाट भएको बताएको छ । इजरायली सरकारले घटनाबारे कुनै टिप्पणी गरेको छैन ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल/ गाेरखापत्र दैनिक अनलाइन

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्