पुस २९ । मेरिकाले ५२ वर्षयता कुनै पनि चन्द्र अभियान सञ्चालन गरेको थिएन । तर हालै अमेरिकी निजी संस्थाले चन्द्र अभियानका लागि आफ्नो अन्तरिक्ष यान चन्द्रमातर्फ पठाएको थियो ।
एस्ट्रोबोटिक कम्पनीको पेरेग्रिन–१ मुन ल्यान्डर भल्कन रकेटबाट जनवरी ८ मा प्रक्षेपण गरेको थियो । उक्त यान आगामी फेब्रुअरी २३ मा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो ।
तर यस चन्द्र अभियान असफल भएको छ । यतिबेला कम्पनीले अन्तरिक्ष यानमा विस्फोट भएको नयाँ तथ्य पनि सार्वजनिक गरेको छ, जसले इन्धनमा क्षति पुगेको बताइएको छ ।
यसअघि एस्ट्राबोटिकले अन्तरिक्ष यान प्रक्षेपण गरेको ७ घण्टामै यानको इन्धनमा गम्भीर क्षति पुगेको बताएको थियो । उक्त यानको सोलर सूयतर्फ नफर्किएकाले उक्त यानको इन्धनमा ठूलो क्षति पुगेको बताइएको थियो ।
त्यसबेला नै उक्त यान चन्द्रमा नपुग्ने अनुमान गरिएको थियो । यतिबेला कम्पनीले पेरिग्रिन १ ल्यान्डर पृथ्वी फर्काएको जानकारी दिएको छ । उक्त यान अब पृथ्वीको वायुमण्डरमा प्रवेश गर्नासाथ जल्नेछ । यतिबेला उक्त अन्तरिक्ष यान पृथ्वीभन्दा ३ लाख ९० हजार किलोमिटर टाढा अन्तरिक्षमा छ ।
पेरिग्रिन १ ल्यान्डरमा एस्ट्रोबोटिक कम्पनीका निजी ग्राहकका सामग्री जस्तै स्पोर्ट्स ड्रिंक्स क्यान, बिट क्वईन साथै मानिस र जनावरको डीएनए पनि थियो । चन्द्र अभियान सफल भएको भए यी सामग्रीमा चन्द्रको असर कस्तो हुन्छ भनेर अध्ययन गर्न सकिने थियो ।
मुख्यगरी यो मिसनको उद्देश्य चन्द्रमामा पानीको अणु पत्ता लगाउनु थियो । यसका साथै अन्तरिक्ष यानले चन्द्रमामा अवतरण गरेर त्यहाँको विकिरण र ग्यासको पनि मापन गर्ने थियो । अन्तिमपटक अमेरिकाले सन् १९७२ मा आपोल्लो १७ मिसन अन्तर्गत अन्तरिक्ष यानलाई चन्द्रमामा अवतरण गराएको थियो ।
५२ वर्षपछि भने अमेरिका चन्द्र अभियान सफल बनाउन असफल बन्यो । अमेरिकाले मानवसहितको चन्द्र अभियान पनि सफल बनाएको थियो । साभारः शिलापत्र