Sunday, January 19, 2025
घरखेलकूदअफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सन र चन्दले लिए विकेट

अफगानिस्तानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, गुल्सन र चन्दले लिए विकेट

- Advertisement -spot_img

यु-१९ विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । अफगानिस्तानविरुद्ध सुरुमा बलिङ गरेको नेपालले पहिलो ओभरमा विकेट लिएको छ । पहिलो ओभर बलिङ गरेका गुल्सन झाले चौथो बलमा विकेट लिएका हुन् । गुल्सनले अफगानिस्तानका ओपनर नुमन शाहलाई आउट गरे ।

त्यस्तै दोस्रो ओभर बलिङ गरेका आकाश चन्दले पनि आफ्नो तेस्रो बलमा विकेट लिएका छन् । चन्दले खालिद तानिवाललाई आउट गरेका हुन् ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको हो । आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । नेपालका दुर्गेश गुप्ता र उत्तम थापा मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई टिममा समावेश गरिएको छ ।

सुपर-६ मा पुग्न नेपाल र अफगानिस्तान दुवैलाई जितको आवश्यक छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्