Saturday, December 14, 2024
घरराजनीतिअन्तिम सत्तादाउमा प्रचण्ड : सके आफू जोगिने, नसके ओलीलाई रोक्ने

अन्तिम सत्तादाउमा प्रचण्ड : सके आफू जोगिने, नसके ओलीलाई रोक्ने

- Advertisement -spot_img

काठमान्डाैं, असार १९ । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो पार्टीको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न भने पनि  प्रचण्डले तत्काल राजीनामा नदिने भनेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि उनले संसदमा विश्वासको मत माग्ने निर्णय पार्टी पदाधिकारी बैठकबाट गराएका छन् । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको तेस्रो दिन बुधबार दिउँसोसम्म एमालेका मन्त्रीहरूले राजीनामा पनि दिएका छैनन् र पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन । 

संविधानको छिद्र

प्रधानमन्त्री प्रचण्डलाई अझै पनि संविधानको धारा ७६ को उपधारा ३ को आस रहेको राजनीतिक जानकारहरू बताउँछन् । प्रचण्ड नेतृत्वको सरकार धारा ७६ को उपधारा २ अनुसार बनेकाले आफूले राजीनामा दिएपछि स्वत: धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन हुने दाबी माओवादी नेताहरूले गरिरहेका छन् । यो उपधाराअनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ, जुन कांग्रेस र एमालेबीच भएको सहमतिको प्रतिकूल हुन्छ । किनकि संसदमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा हुन् । तर, कांग्रेस र एमालेबीच भने पहिलो चरणमा ओली प्रधानमन्त्री हुने सहमति छ । यहीँनेर प्रचण्डले खेल्ने ठाउँ देखेका छन् ।  

तर, यो सरकारले विश्वासको मत लिएर पनि चार महिना सरकार चलाइसकेकाले धार ७६ (३) मा यो प्रक्रिया नपुग्ने भट्टराई बताउँछन् । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेर चार महिना सरकार चलाउनुभयो । अहिले फेरि नयाँ गठबन्धन बनेको छ । त्यो गठबन्धनले हामीसँग बहुमत छ भनेर राष्ट्रपतिलाई देखाएपछि प्रक्रिया नयाँ तरिकामा जान्छ । यदि संविधाननको धारा ७६ (२) अनुसार सरकार बन्छ भने त्यसैमा टेकेर नयाँ सरकार बन्छ ।’

ओलीलाई रोक्ने 

कांग्रेससँगको गठबन्धन भत्काउन लगाएर आफूसँग गठबन्धन गरेको चार महिनामा कांग्रेससँग गठबन्धन बनाउन पुगेका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने दाउमा प्रचण्ड छन्, जसका लागि कांग्रेसलाई फकाएर नै आफैँ समर्थन गरेर देउवालाई प्रधानमन्त्री बनाउने उनको रणनीति छ । त्यसका लागि उनले विभिन्न शक्ति प्रयोग गर्न सकिने आकलन गरेका छन् ।

कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउन भएको सहमति संसदमा प्रवेश गरिसकेको छैन । संसदबाहिर भएको सहमतिका आधारमा प्रचण्डले राजीनामा दिने कुरै नभएको एक माओवादी पदाधिकारी बताउँछन् । उनले भने, ‘संसदले हो सरकार बनाउने भत्काउने । जुन संसदबाट सरकार गठन भएको हो, त्यही संसदबाट सरकार ढल्नुपर्ने हुन्छ । कुन होटलमा के भयो । कुन व्यापारीको घरमा कसले के छलफल गर्‍यो भन्ने कुरा संसदले  चिन्दैन ।’ 

ती पदाधिकारीले भने, ‘अहिलेसम्म सरकारमा भएका कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता नलिएको अवस्थामा प्रधानमन्त्रीले न त राजीनामा दिनुहुन्छ, न त विश्वासको मत माग्नुहुन्छ । पहिला सरकार बनाउने र ढाल्ने कुरा प्रक्रियामा हुनुपर्छ । प्रक्रिया नै सुरु नभएको कुरामा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ भन्नु नै हाँस्यास्पद हो ।’ शिलापत्र

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्