चैत्र ५ । अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १३ दिनपछि पृथ्वीमा फर्किंदै हुनुहुन्छ । स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीमा फर्किन अनडक भइसकेको छ ।
यो स्पेसक्राफ्टबाट १७ घन्टाको यात्रापछि अन्तरिक्ष यात्री सुनिता र बुच विल्मोर पृथ्वीमा आइपुग्नुहुन्छ । यसका साथै नासाका अन्तरिक्षयात्री निक हाग र रुसको स्पेस एजेन्सी रसकसमसका अन्तरिक्षयात्री अलेक्सान्द्र गोरबुनोभ पनि यही स्पेसक्राफ्टबाट पृथ्वीमा आउँन लाग्नुभएकाे छ ।
सुनिता र बुच विल्मोर ५ जून २०२४ मा परीक्षण उडान स्टारलाइनरबाट अन्तरिक्ष जानुभएकाे हाे । उहाँहरू ८ दिनमा पृथ्वीमा फर्किने योजना थियो, तर यानमा खराबी आएका कारण अन्तरिक्षमै अड्किनु परेकाे थिए ।
नासाले मौसमको अवस्था हेरेर यान अवतरणको स्थान निर्धारण गर्ने जनाएको छ । मौसम अनुकूल भएमा बुधबार बिहान ३ बजेर २७ मिनेटमा फ्लोरिडाको तटमा अवतरण गरिनेछ ।
उहाँहरू १९ मार्च, २०२५ मा पृथ्वीमा फर्किंदा अन्तरिक्षमा २८६ दिन बिताउनु भएकाे हाे । योसँगै सुनिता एक यात्रामा सबैभन्दा धेरै समय अन्तरिक्षमा बिताउने महिला अन्तरिक्षयात्रीको सूचीमा तेस्रो बन्नुभएकाे छ । शिलापत्र
सबैभन्दा बढी अन्तरिक्षमा बिताउने वैज्ञानिक क्रिस्टिना कोच हुनुहुन्छ । उहाँले ३२८ दिन अन्तरिक्षमा बिताउनु भएकाे हाे भने पिग्गी विटस्नले २८९ दिनसम्म अन्तरिक्षमा बिताउनु भएकाे छ ।
एकैपटक ३७१ दिन बिताएका फ्र्यांक रुबियो अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा सबैभन्दा बढी समय बिताउने पुरुष अन्तरिक्षयात्री हुनुहुन्छ । तर, पिग्गी विटस्नले समग्रमा सबैभन्दा बढी ६७५ दिन अन्तरिक्षमा बिताउनु भएकाे छ ।