Thursday, December 5, 2024
घरपाल्हिनन्दनअनुशासित र मर्यादित भएर काम गर्नुपर्छ डीआईजीः खत्री

अनुशासित र मर्यादित भएर काम गर्नुपर्छ डीआईजीः खत्री

- Advertisement -spot_img

परासी, जेष्ठ २ । प्रहरीलाई अनुशासित र मर्यादित भएर काम गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्याबासिनी बहिनी मुख्यालय रुपन्देहीका प्रहरी महानिरीक्षक(डीआईजी) अभि कुमार खत्रीले भन्नु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीको स्थापना दिवसको अवसरमा बोल्दै प्रहरी महानिरीक्षक खत्रिले जनताको मनोभावना लाई सम्मान गर्दै जनआपेक्षा अनुसार काम गर्न मातहतका प्रहरीहरु अनुरोध गर्नुभएको छ । उहाँले उच्च अनुसाशन सहित आफ्नो कर्मथलो बाट सेवा दिन प्रहरीलाई भन्नु भएको छ । शान्ति सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीले कहिलेपनि आलोचित नभई अनुशासित र मर्यादित तरिकाले जनताहरु लाई सेवा दिनुपर्छ उहाँले भन्नु भएको छ ।

यसैगरि स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. ले शहिद परिवारहरु लाई सम्मान र प्रहरीको कार्यमुल्यांकनको आधारमा पुरस्कृत समेत गरेको छ । २०६४ सालमा तत्कालिन सीमा सुरक्षा कार्यालय नवलपरासीको स्थापना गरी कार्य संचालन गर्दै आएको सशस्त्र प्रहरी बलले आज १७औं स्थापना दिवस मनाएको छ । जिल्लामा गणको एकवटा सीमा सुरक्षा गुल्म, चार वटा बि.ओ.पि र २ वटा सुरक्षा बेश क्याम्प रहेको छ । भने थप आठ वटा प्रस्तावित बि.ओ.पि.हरु स्थापनाको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार

सुनको मूल्य घट्दै

- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्