Wednesday, October 9, 2024
घरकृषिअनुगमन टोली द्धारा एग्रोभेट र हाटबजारबाट बीउ बीजन जफत

अनुगमन टोली द्धारा एग्रोभेट र हाटबजारबाट बीउ बीजन जफत

- Advertisement -spot_img

परासी , पुष २४ । पश्चिम नवलपरासीमा कृषि ज्ञान केन्द्र नवलपरासीको अनुगमन टोलीले बीउ बीजन जफत गरेको छ । जिल्लामा सञ्चालित सहकारी, एग्रोभेटलगायत कृषि सामग्री बिक्रेता पसलहरुको समान अनुगमन टोली द्धारा जफत गरिएको छ ।

सोमबार अनुगमनमा निकलेको कृषि ज्ञानकेन्द्रसहित, कृषि सामग्री कम्पनी, बीउ बीजजन प्रयोगशाला भैरहवालगातको टोलीले अनुमति विना नै सञ्चालन गरेको एग्रोभेटबाट जफत गरेको हो । साप्ताहिक हाटबजार र विभिन्न एग्रोभेटहरुमा अनुगमन टोलीले अनुगमन गरेको हो । जिल्लाको सुनवल र रामग्राम नगरपालिका क्षेत्रका २ सहकारीसहित ८ वटा पसलका अनुगमन गरिएको थियो । अनुगमनकाक्रममा केही एग्रोभेटहरुले पसल नवीकरण नगराएको, कारोबार अनुमति नलिएई कृषि सामग्री बिक्री गर्ने गरेको, एउटा उद्देश्यको दर्ताले अन्य सामग्रीहरु बिक्री गर्ने गरेको, स्थायी लेखा नम्बर(पान नम्बर) नलिएकोलगायतका त्रुटिहरु पाइएको बीउ बीजन प्रयोगशाखा भैरहवाका प्रमुख शालिकराम गौतमले जानकारी दिनुभयो ।

यस्तै अनुगमन टोलीले साप्ताहिक हाटबजार लाग्ने पटखौलीमा विना ईजाजत भारत बाट ल्याएर विभिन्न जातका बीउ बीजन विक्री गर्नेहरुको पसलबाट पनि जफत गरिएको ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी गराउनु भएको छ । पछिल्लो समय यस्ता खुलारुपमा बीउ बीजन बिक्रीहुँदै आएपनि वास्ता नगरको भन्दै गुनासो बढेको थियो । सोही सूचनाहरु लाई आधार मानेर अनुगम टोली हाटबजारमा पुगेर बीउ बीजन जफत गरेको हो । हाटबजारमा राखेका ३ वटा पसलबाट बीउ बीजन जफत गरिएको हो । उनीहरु भारतबाट आएर हाटबजारमा बीउ बेच्दै आएका हुन् । जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा त्यसरी भारतीय व्यापारीहरु पुगेर बीउ बीजन बिक्री गर्ने गरेका छन् । ज्ञान केन्द्रले अब हाटबजारलाई लक्षितगर्दै अनुगमन कार्यलाई तिव्रता दिइने डा. चौबेले जानकारी दिनुभयो । जफत गरिएका बीउ बीजनलाई सोमबार नै नष्ट गरिएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १९ वटा एग्रोभेट दर्तामा रहेको बताइएको छ ।

spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985प्रशंसकजस्तै
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
Must Read
- Advertisement -spot_img
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्